
सुनाखरी न्युज/ काठमाडौं ।
हुम्ला केन्द्रबिन्दु भएर शुक्रबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार बिहान ७ बजेर १० मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको शर्माले जानकारी दिए ।
भूकम्पबाट भएको क्षति वा प्रभावबारे भने विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।