
सुनाखरी न्युज/ काठमाडौं ।
मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले बेहोरेको पराजयमा इरान युद्धको भूमिका रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार गरेका छन् ।
रिपब्लिकन पार्टीले अमेरिकी संसद्का दुवै सदन गुमाएपछि पहिलोपटक सार्वजनिक रूपमा बोलेका ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको टिप्पणीलाई धेरै हदसम्म सत्यु भनेको बीबीसीले बताएको छ ।
भान्सले इरान युद्धका कारण रिपब्लिकन पार्टीले निर्वाचनमा ठूलो क्षति बेहोरेको बताएका थिए । ट्रम्पले भने युद्धका कारण इन्धनको मूल्य बढ्नु नै पराजयको प्रमुख कारण रहेको बताए ।
दोस्रो कार्यकालको प्राथमिकतामध्ये एक रहेको ह्वाइट हाउसको नयाँ बलरुम निर्माणस्थलबाट ट्रम्पले बिहीबार सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले निर्वाचन परिणामबारे केही बोलेनन् । तर, त्यसपछि पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले निर्वाचन र सरकारका आगामी कामबारे धारणा राखे ।
रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउने कुनै योजना नरहेको पनि ट्रम्पले स्पष्ट पारे । हेगसेथले ुनिकै राम्रो कामु गरिरहेको उनको भनाइ थियो ।