२०८३ कार्तिक १९ , बुधवार

काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

सुनाखरी न्युज/ काठमाडौं ।

भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत भएको हो ।

स्रोतका अनुसार उनले आजैबाट भेटघाट थाल्ने छन् । कार्यक्रम तालिकामा उनले प्रधानमन्त्री शाहसँग पनि भेट्ने उल्लेख छ । भारतीय विदेश सचिव मिश्री काठमाडौंबाट भोलि नै नयाँदिल्ली फर्किने कार्यक्रम छ ।