
सुनाखरी न्युज/ काठमाडौं ।
सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ७५ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार तोलामा ७ सय रुपैयाँ बढेर सुनको भाउ २ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो।
यसअघि गएको मंगलबार पनि सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७४ हजार ३ सय पुगेको थियो। आइतबार सुनको भाउ तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको थियो भने त्यसअघिका चार दिनमा सुनको भाउ ५ हजार रुपैयाँ बढेको थियो।
यही कात्तिक ८ गते भने सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो। सुनचाँदीको भाउमा विगत केही समययता निरन्तर उतारचढाव हुँदै आएको छ। त्यसैगरी आज चाँदीको भाउ भने थप घटेको छ। चाँदीको भाउ आज तोलामा २० रुपैयाँ घटेर ३ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ।