२०८३ कार्तिक १८ , मंगलबार

सेयर बजारमा झिनो सुधार, ५ अर्ब ६५ करोडको कारोबार

NEPSE-Building

सुनाखरी न्युज/ काठमाडौं ।

साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचकमा झिनो अंकको सुधार आएको छ । मंगलबार नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ।

यस दिन ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ५४ लाख २० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ कम्पनीको मूल्य घटेको छ । यस दिन १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन शिखर पावर डेभलपमेन्टको सेयरमूल्य सर्वाधिक ५.९४ प्रतिशत बढेको छ । बेनी हाइड्रोपावर प्रोजेक्टको सेयरमूल्य यस दिन सबैभन्दा बढी ५.०४ प्रतिशत घटेको छ।

यस दिन ग्लोबल आइएमई बैंकको सर्वाधि कारोबार भएको छ। सो बैंकको यस दिन २३ करोड १४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।