२०८३ कार्तिक १७ , सोमवार

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढ्यो

Gold-Silver

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ७२० रुपैयाँ कायम भएको छ ।