२०८३ कार्तिक १६ , आइतवार

सरकारी कार्यालय समय भोलिदेखि बिहान ९ देखि दिउँसो ४ बजेसम्म

pmo-office_jFuduuBtRe

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारी कार्यालयको समय  भोलि कात्तिक १६ गतेदेखि  बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम भएको छ ।
यसअघि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय समय कायम थियो ।
सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो ।

यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

यसअघि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय समय कायम थियो ।