२०८३ कार्तिक १६ , आइतवार

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने

nagdungha-surung1-1748176066-00540a38-7c1f-4d64-909f-b961f4de5bc9

 

 सुनाखरी न्युज/ काठमाडौं ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबार ( कात्तिक १५ ) देखि सडक उपभोग दस्तुर  ( टोल शुल्क )  तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ मा सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनानुसार शुल्क निर्धारण गरेको हो ।सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क संकलन गर्न लागिएको आयोजनाले जनाएको छ ।

नेपाल राजपत्रमा ०८२ चैत २६ गते प्रकाशित सूचनाबमोजिम शुल्क निर्धारण गरिएको हो ।आयोजनाले सार्वजनिक गरेको शुल्कदरअनुसार काठमाडौं प्रवेश गर्ने र यहाँबाट बाहिरिने सवारीसाधनका निम्ति फरक–फरक दर तोकिएको छ । कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अरू हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ र यहाँबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

मिनिबस तथा मिनिटिपररट्रकले काठमाडौं प्रवेश गर्दा ११५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकका निम्ति काठमाडौं प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । मल्टी एक्सल ट्रक तथा सवारीसाधन र भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० र यहाँबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ ।