२०८३ कार्तिक १३ , बिहिवार

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

laxmi-sunrise-1068×643

सुनाखरी न्युज/ काठमाडौं ।

लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।बैंकको बुधबार बसेको ३३१औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/ ८३ का लागि हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश प्रस्ताव गरेको हो।

बैंकले कुल ५. २६ प्रतिशत लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयरको संख्या १ करोड ३३ लाख ९० हजार ५८१. ७३ कित्ता रहेको छ।

त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि बैंकले ०. २६ प्रतिशत अर्थात् ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश सेयरधनीमा वितरण हुनेछ ।कात्तिक ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।