२०८३ कार्तिक १३ , बिहिवार

जनकपुरले काठमाडौंलाई ८ विकेटले हरायो

WhatsApp-Image-2026-10-29-at-2.10.02-PM

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रिमियर लिग  ( एनपीएल ) अन्तर्गत आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजमाथि ८ विकेटको सहज र शानदार जित दर्ता गरेको छ। काठमाडौंले दिएको ११६ रनको सामान्य लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट मात्र गुमाएर भेट्टायो।जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो ।

जितका लागि पाएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जसमा मोइन अलीले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रन बनायो । मोइन प्रतियोगितामा अर्धशतक हिर्काउने तेस्रो खेलाडी समेत बने । यस्तै शैफ हसनले नटआउट ४० रनको योगदान गरे। यी दुबै ब्याटरबीच ७९ रनको साझेदारी समेत भयो ।

काठमाडौंका रिपोन मोन्डलले १ विकेट हात पारे । यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९।३ ओभरमा ११५ रनमा अलआउट भयो ।