
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच चार घण्टा भेटवार्ता भएको छ।
उनीहरूबीच हात्तिगौडास्थित रविको निवासमा बुधबार चार घण्टा भेटवार्ता भएको उच्च स्रोतले बतायो।
रास्वपा सभापति लामिछाने हालै भारतमा तीर्थाटन गरी नेपाल फर्किएका हुन्। नेपाल फर्किएपछि प्रधानमन्त्री बालेन उनलाई भेट्न पुगेका हुन्।
भेटमा भारत भ्रमणका साथसाथै सांसद खगेन्द्र सुनार, नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, निजामति कर्मचारी सम्बन्धि विधेयक अध्यादेशमार्फत ल्याउने लगायतका विषयमा छलफल भएको हो।
पछिल्लो समय सांसद खगेन्द्र सुनारले एक महिलामाथि फोनमार्फत दुर्व्यवहार गरेको आरोप लागेपछि रास्वपाले आन्तरिक रूपमा छानबिन गरिरहेको छ।
स्रोतका अनुसार दुई जनाबीच नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीको विषयमा पनि छलफल भएको हो। विभिन्न मिडियाले उनलाई हटाउन लागेको भन्ने चर्चा गरेका छन्। यस विषयमा पुष्टि भने भइसकेको छैन।