२०८३ कार्तिक १२ , बुधवार

आज बुधबार , कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

mangalbarko-rashifal-1024×576-1

सुनाखरी न्युज/ काठमाडौं । 

आजको राशिफल

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्यम बाट धेरै कामहरू गर्न सकिनेछ । धातु तथा खनिज पदार्थसँग सम्बन्धित व्यवसायबाट लाभ लिन सकिनेछ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा मन जाने छैन भने वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायमा मन्दी आउनेछ । प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्ने योग रहेको छ । कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरूले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला ।

 

  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयमा अर्थ सङ्ग्रह गर्न सकिने हुँदा तथा आर्थिक अवस्था राम्रो रहने   तथा व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरूले सहयोग गर्ने तथा दाजुभाइहरूको समर्थनमा राम्रा काम गर्न सकिनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजबुत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ ।

.कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् ।      सरकारी क्षेत्रमा रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । खोजमूलक काममा सफलता मिल्नेछ भने                       अध्ययनमा रुचि बढ्नेछ ।  प्रेममा रमाउन चाहनेहरूका लागी दिन राम्रो रहेको छ ।

  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा दिदी बहिनीसँग साना कुरामा राय बाझिनेछ भने घमन्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरू हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरू टाढिनेछन् । भौतिक सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन    सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक          यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

 धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  व्यवसायमा वा शेयर बजारमा लगानी बढाई आम्दानीका स्रोतहरू                       बढाउन   सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको             काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा  अग्रपंतिमा तपाईँको नाम आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  सन्तान तथा छोरा छोरीको प्रगति देख्न पाइनेछ । अध्ययन तथा अध्यापनमा   राम्रो रहेकोले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ ।  काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ ।

  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक सम्पत्ति तथा बिलासी वस्तुको व्यापार कमै हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर  जानेछ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाढिएर टाढाको यात्राको तय गर्नु पर्नेछ । पढाइ लेखाइमा मन नजाने तथा खोजमूलक क्षेत्रको कामहरू थाती रहनेछन् ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकी हरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ ।