२०८३ कार्तिक १२ , बुधवार

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो शेयर धनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा

Dividendsssss

सुनाखरी न्युज/ काठमाडौं ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

गत वर्ष बैंकले १९ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।

 

यो लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण हुने बैंकले जनाएको छ । बैंकले साधारणसभाको मिति भने तय गरिसकेको छैन ।