२०८३ कार्तिक ११ , मंगलबार

एनपीएल क्रिकेटः चितवनद्वारा विराटनगरलाई १५८ रनको रनको लक्ष्य

chitawan-biratnagar.jpg

सुनाखरी न्युज/ काठमाडौं ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग  ( एनपीएल ) को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५८ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाएर १५७जोडेको हो । चितवन राइनोजले पावर प्लेमै ५० रन जोडेको थियो । राइनोजका तर्फबाट ब्याटिङ गर्दै डेभिड मलानले सर्वाधिक ७० रन बनाए ।

यस अघि विराटनगरले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।