
सुनाखरी न्युज/ काठमाडौं ।
ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन् ।
८० वर्षीय लुलाले दोस्रो चरणको निर्वाचनमा ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन् । बोल्सोनारो पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन् ।
ब्राजिलको निर्वाचन कार्यालयका अनुसार लुलाले ५१.८ प्रतिशत र बोल्सोनारोले ४८.२ प्रतिशत सदर मत प्राप्त गरेका छन् ।
यससँगै सन् २०२७ देखि २०३० सम्म लुलाले ब्राजिलको नेतृत्व गर्नेछन् ।
पहिलो चरणको निर्वाचनमा लुलाभन्दा बोल्सोनारो अगाडि थिए । तर दोस्रो चरणमा लुलाले पुनरागमन जित हासिल गरेका छन् ।