२०८३ कार्तिक ९ , आइतवार

तीन दिन भारी वर्षाको जोखिम, यी प्रदेशमा बढी सतर्कता अपनाउन आग्रह

mausam-bivag-61btcy1gq1-egxprdrl0u

सुनाखरी न्युज / काठमाडौं ।

बंगालको खाडीमा विकसित मौसमी प्रणालीले यस साताको अन्त्यमा नेपालका धेरै भूभागमा वर्षा र हिमपात हुने पूर्वानुमान छ । विशेष गरी बिहीबारदेखि शनिबार  ( कात्तिक १२–१५ ) सम्म यसको प्रभाव बढी पर्ने नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।  बिहीबार दिउँसोदेखि कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली जिल्लाका केही ठाउँ र पहाडी भूभागमा पनि पानी पर्ने सम्भावना रहेको विभागका मौसमविद् रोजन लामिछानेले बताए । “यसको प्रभावचाहिँ शुक्रबार र शनिबार अझै बढ्दै जाने देखिन्छ,” उनले भने ।

आउँदो बुधबार  ( कात्तिक ११ ) सम्म खासै वर्षाको सम्भावना छैन । “बुधबार बादल लाग्ने, कतैकतै छिटपुट वर्षा अथवा हिमपात हिमाली जिल्लाहरूमा भए पनि बिहीबारदेखिचाहिँ पानी पर्न सक्ने सम्भावना देखिन्छ,” उनले भने । विशेष गरी बिहीबार राति र शुक्रबार ९कात्तिक १३० यसको प्रभाव बढी देखिन सक्ने उनले बताए । तर, वर्षारहिमपातको सम्भावना शनिबारसम्मै रहेको उनले उल्लेख गरे । शनिबार भने पश्चिम नेपालको तुलनामा पूर्वमा बढी प्रभाव पर्न सक्ने उनले स्पष्ट पारे ।

अबका पाँच दिनका निम्ति यस्तो छ मौसम पूर्वानुमान
“शनिबार दिउँसोसम्मलाई पूर्वी क्षेत्रहरूमा बढी प्रभावित हुने र पश्चिमी क्षेत्रहरूमा पनि केही ठाउँहरूमा वर्षा र हिमपातको सम्भावना रहे पनि पूर्वी जुन कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पनि पूर्वी भूभागको तुलनामा जुन पश्चिमी कर्णाली र सुदूरपश्चिम प्रदेशको क्षेत्रहरू, त्यसैगरी लुम्बिनी प्रदेशको पनि पश्चिमी क्षेत्रहरूमा चाहिँ त्यति धेरै वर्षा र हिमपातको सम्भावना देखिँदैन,” उनले भने ।

पछिल्लो २४ घण्टामा कतै पनि वर्षा वा हिमपात भएको देखिँदैन । यो अवधिमा मौसम सामान्यतया राम्रो नै देखिएको उनले बताए । अबका तीन  ( कात्तिक १० ) सम्म पनि मौसममा त्यति धेरै फेरबदल नहुने र पानी खासै नपर्ने उनको भनाइ छ । “कतैकतै छिटपुटदेखि हल्का पानी कोसी र गण्डकी प्रदेशको थोरै ठाउँहरूमा हुन सक्ने सम्भावना देखिन्छ विशेष हिमाली जिल्लाहरूमा भने अन्य भूभागहरूमा पानी पर्ने सम्भावना छैन,” उनले भने । तर, बिहानीपख खोँच, उपत्यका र तराई क्षेत्रमा हुस्सुरकुहिरो लाग्न सक्ने उनले बताए ।