२०८३ कार्तिक ७ , शुक्रवार

चीनको तिब्बती क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प

Earthquake

सुनाखरी न्युज/ काठमाडौं ।
चीनको तिब्बती क्षेत्रमा७.० म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार स्थानीय समयअनुसार बिहीबार राति १०ः३३ बजे दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा नाग्छु सहरको बाकेन काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

शुक्रबार बिहान २ः२५ बजेसम्म प्राप्त विवरणअनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ भने २१ जनालाई सामान्य चोट लागेको सिन्ह्वाले जनाएको छ। भूकम्पका कारण ३०० भन्दा बढी घर भत्किएका छन्।

भूकम्पबाट भएको क्षतिको थप मूल्यांकन भइरहेको छ भने प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ।