२०८३ आश्विन ३० , शुक्रवार

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले फूलपातीका दिन शपथ ग्रहण गर्ने

Gajan

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले फूलपातीका दिन शपथ ग्रहण गर्ने भएका छन् ।

 

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार कार्यक्रम ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा हुनेछ ।

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएपछि सभापति थापाको शपथ ग्रहण तथा पदबहाली फूलपातीका दिन दिउँसो २ बजे हुने तय भएको पार्टीले जनाएको छ ।

 

 

पार्टीले कार्यक्रममा सहभागी हुन उपत्यकामा रहेका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको छ ।