
सुनाखरी न्युज/ काठमाडौं ।
बिहान उठ्नेबित्तिकै खाली पेटमा के खाने भन्ने जिज्ञासा हामीमध्ये धेरैमा हुन सक्छ। बिहान सबेरै कतिपयले तातो पानी, कसैले कागती पानी, कसैले मेथी पानी त कसैले चिया वा कफी पिउने गर्छन्। राति ८–१० घण्टाको उपवासपछि शरीरमा पानीको कमी हुन्छ, पाचन एन्जाइमहरू सुस्त हुन्छन् र आन्द्राको गति कम हुन्छ। बिहान उठ्नेबित्तिकै खाली पेटमा चिया वा कफी नपिउन उनी सुझाव दिन्छन्। यसमा हुने क्याफिन र एसिडले ग्यास्ट्रिक बढाउँछ। एसिडका कारण पेट दुख्ने र अम्लीयपना जस्ता समस्या निम्तिन सक्छन्।
यसका साथै बिहान उठ्नेबित्तिकै खान नहुने केही खानेकुराहरू निम्नानुसार छन् :
खान नहुने खानेकुराहरू:
अमिलो फलफूल : कागती, सुन्तला र भोगटे जस्ता अमिला फलफूलले पेटमा एसिड बढाउँछन्।
चिसो पेय पदार्थ : आइस टी वा चिसो जुसले पाचन प्रक्रियालाई सुस्त बनाउँछन्।
धेरै मसलादार खानेकुरा : खुर्सानी र गरम मसलाले पेटको भित्री पत्रमा जलन गराउँछन्।
चिया र कफी : यसमा हुने क्याफिनले ग्यास्ट्रिक र छाती पोल्ने समस्या निम्त्याउँछ।
काँचो सागसब्जी : काँचो सलादमा हुने फाइबरले खाली पेटमा अपच गराउन सक्छ।
गुलियो र बेकरी आइटमस् डोनट, केक वा बिस्कुटले रगतमा चिनीको मात्रा ह्वात्तै बढाउँछन्।
प्रशोधित मासु : ससेज वा सलामी जस्ता खानेकुराले पाचनतन्त्रमा धेरै भार पार्छन्।
यसको सट्टा के खाने ?
मनतातो पानी : पेट सफा गर्न र पाचन प्रणाली सक्रिय बनाउन मद्दत गर्छ।