२०८३ आश्विन ३० , शुक्रवार

बजार भाउमा अचाक्ली बृद्धि, २२ महिनायताकै उच्च

consumer-goods

सुनाखरी न्युज/ काठमाडौं ।
बजार भाउमा अचाक्ली बृद्धि भएको छ ।

सर्वसाधारण उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्ने मूल्य गत भदौमा औसत ६.३४ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो मूल्यवृद्धि दर ४.४७ प्रतिशत विन्दुले बढी हो । भदौ २०८२ मा औसत मूल्यवृद्धि दर १.८७ प्रतिशत थियो ।

भारतलगायत तेस्रो राष्ट्रमा पनि मूल्य उकालो लाग्नु, अमेरिकी डलरको भाउ बढ्नु, पश्चिम एसियामा चलेको द्वन्द्वले निर्माण सामग्रीको भाउ बढ्नु, वर्षा र बाढीपहिरोका कारण आपूर्ति व्यवस्थापन प्रणाली बिग्रिनुलगायत कारण नेपालमा पनि मूल्यवृद्धि दर निरन्तर उकालो लागिरहेको हो ।

मासिक रूपमा तुलना गर्दा गत भदौको गएको २२ महिनायताकै सबैभन्दा बढी हो ।