
सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
चालु आर्थिक वर्षको साउन महिनामा २ खर्ब १५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो ।
भदौ महिनाको रेमिट्यान्स आप्रवाह साउन महिनाको तुलनामा ६ अर्ब रुपैयाँले बढी हो ।
आर्थिक वर्ष २०८३-८४ को दुई महिनामा रेमिट्यान्स आप्रवाह गत आवको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले वृद्धि भई ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो।
चालु आर्थिक वर्ष भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३।५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २७।६ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको भदौसम्म खुद द्वितीय आय ९खुद ट्रान्सफर० ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो।