
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज ( बिहीबार ) सुन र चाँदीको मूल्य घटेको छ ।
बुधबार प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १ हजार १०० रुपैयाँले घटेर दुई लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ४७ हजार २५५ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २२० रुपैयाँले घटेर चार हजार ३५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको मूल्य तीन हजार ४५९ रुपैयाँ ५० पैसा तोकिएको छ ।