२०८३ आश्विन २८ , बुधवार

यस वर्षको मनसुन नेपालका सबै भू–भागबाट बाहिरियो

1760108067976-mausam-1656081329295

 

सुनाखरी न्युज/ काठमाडौं ।

यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै बुधबार  ( असोज २८ ) का दिन मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको जनाएको हो ।

यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार बुलेटिन जारी गर्दै २०८३ सालको मनसुन देशभरबाट पूर्ण रूपमा बहिर्गमन भएको पुष्टि गरेको हो।

गत असोज १७ गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट यस वर्षको मौसम बाहिरिन सुरु गरेको थियो ।

यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएको छ। यससँगै अब देशभर चिसो बढ्दै जाने, बिहान–साँझको तापक्रम घट्ने र सुक्खा मौसम सुरु हुने मौसमविद्हरूको भनाइ छ।