
सुनाखरी न्युज/ काठमाडौं ।
माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो कात्तिक २० गते १३ औँ वार्षिक साधारणसभा डाकेको छ। सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।
लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १० गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।