२०८३ आश्विन २७ , मंगलबार

गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

gurans-laghubitta_KVKE5E468B-1536×1097

 

सुनाखरी न्युज/ काठमाडौं ।

गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज २८ गते बुकक्लोज गर्दैछ।

आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले कात्तिक १० गते हिले कान्जिरोवा मकालु होटल, धनकुटामा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।