२०८३ आश्विन २६ , सोमवार

पृथ्वी राजमार्ग आज राति ६ घण्टा बन्द हुने

muglin-sadak

सुनाखरी न्युज/ काठमाडौं ।

पृथ्वी राजमार्गअन्तर्गत गजुरी–गलौँदी सडकखण्ड सोमबार रातिदेखि ६ घण्टाका लागि पूर्ण रूपमा बन्द हुने भएको छ।  जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक मर्मतसम्भार गर्न आज राति ६ घण्टा सवारी आवागमन बन्द गरिने जनाएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै सडक मर्मतसम्भारका लागि उक्त अवधिमा राजमार्ग बन्द रहने जानकारी दिएको छ।

त्रिशूली नदीले सडक कटान गर्दा गलौँदीमा सडक भासिएपछि गत शुक्रबार साँझदेखि आइतबार दिउँसोसम्म पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। सडकको करिब सय मिटर भाग चर्किनुका साथै २० मिटर खण्ड भासिएपछि दुई दिनसम्म यस खण्डमा सवारीसाधन सञ्चालन हुन सकेका थिएनन्।