२०८३ आश्विन २६ , सोमवार

सुनचाँदीको मूल्य घट्यो, आज प्रतितोला कति पुग्यो ?

Gold-Silver

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा सोमबार  ( असोज २६ )  सुनचाँदीको मूल्य घटेको छ ।

आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा झरेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १९३. ८१ अमेरिकी डलर र चाँदी ६० . ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।