२०८३ आश्विन २६ , सोमवार

दसैँको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा गरी मनाइँदै

Shakti Pith (6)1633657497

 

सुनाखरी न्युज/ काठमाडौं ।
बडादसैँको दोस्रो दिन, आज मठमन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । आज राजधानीका तलेजु भवानी, गुह्वेरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरूको बिहानैदेखि भीड लागेको हो ।

वडा दसैँको दोस्रो दिन काठमाडौँको मैतीदेवी मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने श्रद्धालुहरूको चहलपहल बढेको छ। दसैँको अवसरमा देवी दुर्गाको पूजा आराधना गर्न बिहानैदेखि श्रद्धालुहरू मन्दिर पुग्ने गरेका छन्।

दसैँका दिन देशभरका विभिन्न शक्तिपीठहरूमा दर्शन तथा पूजाआजा गर्ने भक्तजनहरूको भीड लाग्ने गर्छ। नेपाली समाजमा दसैँलाई धार्मिक आस्था, श्रद्धा र शक्तिको उपासनाको पर्वका रूपमा मनाइन्छ।