
सुनाखरी न्युज/ काठमाडौं ।
घटस्थापनाका दिन सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९५ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ अघिल्लो दिन ४ हजार ४०५ रुपैयाँ रहेकोमा आज ४ हजार ४४० रुपैयाँ कायम भएको छ ।