
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ। केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको सूचनाअनुसार दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको हो।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका छन् । बिहान ७ बजेपछि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन् ।
मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानको समय थप गरिएको हो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सात हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन् ।