२०८३ आश्विन २३ , शुक्रवार

बुढानीलकण्ठबाट २२ किलो सुन बरामद, केही व्यक्ति पक्राउ

Gold

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको बुढानीलकण्ठबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार दिउँसो उक्त सुन बरामद गरेको हो। घर भाडामा लिएर सुनको अवैध धन्दा चलाउने गरेको खुलेको छ । साढे दुई तले सो घरबाट प्रहरीले करिब २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिकहरूलाई पक्राउ समेत गरेको छ ।

सुनसम्बन्धी सूचना प्राप्त भएपछि प्रहरीले मध्याह्नदेखि नै उक्त क्षेत्रमा निगरानी तथा खोजी अभियान थालेको थियो।सुन रहेको सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्याह्नदेखि चपली क्षेत्रमा अपरेसन सञ्चालन गरेको थियो।

प्रहरी स्रोतका अनुसार सुन तस्करीसँग ‘कनेक्सन’ देखिएका केही व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका तीनै जना चिनियाँ नागरिक, बरामद सुन र घटनासम्बन्धी थप विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने जनाएको छ ।