
सुनाखरी न्युज/ काठमाडौं ।
यस बर्षको दशैं नजिकिए सँगै दशैंमा घर जानेहरूका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ ।कतिपय युवाहरू गएरातिदेखि नै नयाँबसपार्क क्षेत्रको टिकट काउन्टर अगाडि लाइन बसेका थिए ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।केही जिल्लाका यात्रु भने बिहीबार रातिदेखि नै टिकट लिन लाइनमा बसेका छन् ।
नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका जिल्लाहरूका यात्रुहरू बिहीबार राति ९ बजेदेखि नै टिकट काउन्टर अगाडि लाइन लागेका थिए ।
अब लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्नेछ। टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र युनिफर्म लगाउनुपर्नेछ भने, टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ।