
सुनाखरी न्युज/ काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले नेपालमा शुक्रबारसम्म वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार शनिबारबाट मात्रै मौसममा क्रमिक सुधार आउनेछ।
अहिले धान भित्र्याउने समय भएकोले कृषि कार्य गर्दा मौसमको पछिल्लो जानकारी लिएर मात्र अघि बढ्न किसानलाई आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले बुधबार सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। मौसमविद् रोजन लामिछानेले पछिल्लो समय चितवन, काठमाडौँ, नवलपुर, तनहुँ र गोर्खा आसपासका क्षेत्रमा पानी परिरहेको बताए।
उनका अनुसार सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशअन्तर्गतका सुर्खेत, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा र कैलाली आसपासमा मध्यम वर्षा भएको छ। चितवनको गोविन्दबस्ती र धनगढी विमानस्थल आसपासमा भने अन्य क्षेत्रको तुलनामा बढी वर्षा मापन गरिएको छ।
पछिल्लो २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको विभागले जनाएको छ। गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षा भएको छ।
बु