
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा पुनः महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।उनी पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पहिलो पटक महामन्त्री पदमा चुनिएका थिए । यसअघि १४ औं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा लडेका पौडेल पराजित भएका थिए ।
पार्टीभित्र नयाँ नेतृत्व र संगठन सुदृढीकरणको एजेन्डासहित पौडेलले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्। पौडेलले यसअघि पनि महामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन्। अन्य पदमा पनि उम्मदवारी मनोनयनको काम भइरहेको छ।
यसअघि खुला तर्फको महामन्त्री पदमै नैनसिंह महर, सुनिल शर्मा र शंकर तिवारीले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् । पौडेलले महामन्त्रीमा निर्वाचित भए पार्टी र संगठनलाई चलायमान बनाउने प्रतिबद्धता जनाए । ‘मैले पाएको जिम्मेवारी सधैँ पूरा गरेको छु । अब महामन्त्री भएपछि पनि पार्टी संगठनलाई ध्यानमा राखेर कर्तव्य पूरा गर्नेछु, उनले भने ।