२०८३ आश्विन २० , मंगलबार

गोप्य सूचना चुहाउने कसैलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री

Sudan-Gurung-4-1024×646

सुनाखरी न्युज/ काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङले आफ्नो पदीय हैसियतको दुरुपयोग गर्दै सूचना बाहिर लैजाने जोकसैलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । ‘

राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो, पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन । यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ ।’ उनले लेखेका छन् ।

राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकैले उन्मुक्ति नपाउने र कानुनको कठघरामा ल्याइले गृहमन्त्रीले उल्लेख गरेका छन् ।