२०८३ आश्विन २० , मंगलबार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

12-gold

 

सुनाखरी न्युज/ काठमाडौं ।

स्थानीय बजारमा मंगलबार सुनको मूल्य स्थिर छ । सुन तोलामा दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।

यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । चाँदीको मूल्य तोलामा चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।