२०८३ आश्विन १९ , सोमवार

पुस १ देखि स्वास्थ्य बिमा सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

health Insurance Board

सुनाखरी न्युज/ काठमाडौं ।
१ पुसदेखि स्वास्थ्य बिमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ । १६ वर्ष उमेर पुरा गरेका नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बिमा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको हो ।

गत साता बसेको स्वास्थ्य बिमा बोर्डको दोस्रो बैंठकले बिमा सेवा प्रवाहमा डिजिटल सुधार गर्ने क्रममा राष्ट्रिय परिचय पत्रलाई पनि अनिवार्य गर्ने निर्णय भएको बोर्डका प्रवक्ता विकेश मल्लले बताए । बोर्ड अध्यक्षमा सुवास प्याकुरेल आएपछि बसेको पहिलो बैठकले स्वास्थ्य बिमा बोर्डबाट प्रवाह हुने सेवालाई विस्तारै डिजिटल बनाउ“दै जाने निर्णय भएको पनि मल्लले जानकारी दिए ।
सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बिमित परिवारलाई बोर्डको ई–पोर्टलमार्फत आफ्नो विवरण अनिवार्य अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय पनि भएको छ । यसबाट बिमितको पहिचान सुनिश्चित हुने, दोहोरो आबद्धता नियन्त्रण हुने, केवाईसी अद्यावधिक प्रभावकारी हुने र दाबी व्यवस्थापन विश्वसनीय हुने बोर्डको दाबी छ ।
‘