
सुनाखरी न्युज/ काठमाडौं ।
गृहमन्त्री सुधन गुरुङ भारत जाने भएका छन् । उनी बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल ( बिमस्टेक ) मा सहभागी हुन भारत जान लागेका हुन् ।
गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुनेछन् ।
गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ । भ्रमणको क्रममा उनको भेट भारतका गृहमन्त्री अमित शाहसँग असोज २७ गते तय भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भारत भ्रमणको तयारी चलिरहेका बेला गृहमन्त्री गुरुङ भारत जान लागेका हुन् । प्रधानमन्त्री बालेन आगामी मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने भएका छन् ।