
सुनाखरी न्युज/काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो। महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ९१५ रुपैयाँ कायम भएको छ। आइतबार १० ग्राम सुनको मूल्य २ लाख ५० हजार २६० रुपैयाँ थियो। चाँदीको मूल्य भने बढेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, सोमबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७९८ रुपैयाँ कायम भएको छ। आइतबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७६४ रुपैयाँ थियो।