२०८३ आश्विन १९ , सोमवार

कांग्रेसको १५ औं महाधिवेशनको दोस्रो दिन आज, यस्तो छ निर्वाचन कार्यतालिका

congress 2 15

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार अपराह्न ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरू हुने छ। सोमबार अपराह्न ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ।

यसैगरी ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोध, ६:३० देखि ७:३० सम्म दाबीविरोध उपर जाँचबुझ र बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।

यस्तै, असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ।

सोही दिन अपरान्न ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने अपराह्न ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध, ५:३० देखि ६:३० सम्म दाबीविरोध उपर जाँचबुझ र बेलुका ७ः०० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

यसैगरी असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र उम्मेदवारी सच्याउन निवेदन दिने कार्यतालिका छ। सोही दिन बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। त्यसपछि असोज २१ गते उम्मेदवारले दिनभर प्रचारप्रसार गर्न पाउने छन्।

असोज २२ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको केन्द्रीय निर्वाचन समिति ले जानकारी दिएको छ।

मतदानका लागि तीन स्थान तोकिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेश भित्रका मतदाताले मतदान गर्न पाउँनेछन्।