२०८३ आश्विन १८ , आइतवार

अर्थमन्त्री डा. वाग्ले अमेरिकामा

Finance-Minister-Wagle

 

सुनाखरी न्युज/ काठमाडौं ।

अर्थमन्त्री डा . स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका छन् । उनलाई वासिङ्टन, डीसीमा कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीहरूले स्वागत गरेका हुन् ।

भ्रमणका क्रममा मन्त्री वाग्लेले नेपालको आर्थिक साझेदारी र सहयोगलाई सुदृढ बनाउने उद्देश्यका साथ सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट ( सेक्रेटरी अफ द ट्रेजरी )  र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्नेछन् ।

भेटवार्ताका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, एफएटीएफ ग्रे लिस्टबाट बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विविध विषयमा छलफल हुनेछ ।

साथै सडक, विद्युत् प्रसारण लाइन लगायत महत्त्वपूर्ण पूर्वाधार मार्फत मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको छ ।

भ्रमण क्रममा अर्थमन्त्री वाग्लेले इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनका उच्चपदस्थ अधिकारीका साथै निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।