
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा . शेखर कोइराला संस्थापन र असन्तुष्ट दुवै पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने भएका छन् ।
१४ औं महाधिवेशनमा शेरवबहादुर देउवासँग सभापति पदमा पराजित भएका कोइराला पार्टीको मझधारमा उभिँदै आएका छन् ।
१४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरवहादुर देउवालाई विशेष महाधिवेशन गरेर हटाएपछि कांग्रेसमा देउवा पक्ष अलग महाधिवेशनको तयारीमा छ । गगन थापा नेतृत्वको कांग्रेसले आज देखि महाधिवेशन आयोजना गरेको छ ।
उक्त महाधिवेशनमा निर्वतमान सभापति देउवालाई उद्घाटनका लागि निम्ता पठाइएपनि देउवाले नजाने मात्रै होइन भेटन समेत दिएका छैनन । यता झधारमा बसिरेहका शेखर पनि महाधिवेशनमा सहभागी नहुने निर्णयमा पुगेका हुन् ।
केही समयदेखि नेता कोइरालाले आफू दुवै महाधिवेशनमा सहभागी नहुने र पार्टी एकताका लागि अभियान गर्ने बताइरहेका छन्। उनीसहित उनीनिकटका नेताहरू पार्टी एकताका पक्षमा उभिएका छन्।