२०८३ आश्विन १८ , आइतवार

‘बाटुलो जून’ को टिजर सार्वजनिक

batulo_joon_anmolkc

सुनाखरी न्युज/ काठमाडौं ।

भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’ को टिजर सार्वजनिक भएको छ । अनमोल केसीको शीर्ष भूमिका रहेको यो फिल्मले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । चलचित्रमा अनमोलले शीर्ष भूमिका मुख्य भूमिका निर्वाह गरेका छन् भने स्वयं भुवन पनि महत्वपूर्ण भूमिकामा छन् ।

यो फिल्मबाट प्रिन्सी खतिवडाले डेब्यु गरेकी हुन् भने यही फिल्मबाट बेल्जियममा बसोबास गर्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि पुनरागमन गरेकी छन् ।‘बाटुलो जून’ केवल पुरानो समयको कथा भन्ने फिल्म मात्र नभएर आफ्नै सिनेमायी यात्रासँग पनि जोडिएको निर्देशक केसी बताउँछन् ।

उनले आफूले अभिनय गरेको दशकअघिका प्रेमकथाको समय र संवेदनालाई सम्झँदै त्यही समयलाई नयाँ पुस्ताका लागि पर्दामा पुनः सिर्जना गर्ने प्रयास गरेको बताएका छन् ।चलचित्रलाई सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका हुन् । यो फिल्म कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ । फिल्मलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् ।