२०८३ आश्विन १८ , आइतवार

परराष्ट्रमन्त्री खनाल फिजी प्रस्थान

SHISHIR-KHANAL-2

सुनाखरी न्युज/ काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन आज फिजी प्रस्थान गरेका छन् । फिजी र टुभालुमा यही अक्टोबर ५ र ६ तारिखमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ।

मन्त्री खनालले अक्टोबर ६ तारिखमा आयोजना हुने नेताहरूको पूर्ण सत्र  ( लिडर्स प्लेनरी )  मा सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । उक्त सत्रअघि उनले पलाउका राष्ट्रपति तथा अष्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा समेत सहभागिता जनाउनेछन् ।