
सुनाखरी न्युज/ काठमाडौं ।
दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ।
नेपाल खुद्रा व्यापार सङ्घको तथ्याङ्कअनुसार विगत ६ महिनामा धनियाँ पाउडर, चना दाल, काँचो बदाम र काँचो तोरीको तेल जस्ता अत्यावश्यक वस्तुको मूल्यमा भारी वृद्धि भएको छ।
चाडपर्वको मुखमा बजार अनुगमन हुनुपर्ने महत्वपूर्ण समयमा वाणिज्य विभागका महानिर्देशकको सरुवा भएपछि विभाग नेतृत्वविहीन बनेको छ, जसले गर्दा कालोबजारी र मूल्यवृद्धि नियन्त्रणमा समस्या आएको छ।
काठमाडौँ । चाडपर्वको मुखमा अचाक्ली बढेको महँगीले सर्वसाधारण उपभोक्ताको ढाड सेकिएको छ । तर, विभागीय मन्त्री भने संसद्को रोष्टममा उभिएर ’बजारमा १० प्रतिशतले मूल्य घटेको’ दाबी गर्दै भ्रम छरिरहेका छन् । सरकारी दाबी र बजारको यथार्थबिच आकाश–जमिनको फरक देखिएको छ ।