२०८३ आश्विन १६ , शुक्रवार

सेयर बजार आज पनि घट्यो, ४ अर्ब २९ करोडको कारोबार

NEPSE-Building

 

सुनाखरी न्युज/ काठमाडौं ।

शुक्रबार नेपाल स्टक एक्सचेन्ज  ( नेप्से)  परिसूचकमा गिरावट आएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार ४ अर्ब ८९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब २९ करोड रूपैयाँको कारोबार भएको छ।

आज दिनभरिमा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच भएका छन्। आज कुल ४३ हजार ६८५ पटकको कारोबारमा ३५६ वटा स्क्रिप्सहरू समेटिएका छन्।

बजार घटेसंगै शुक्रबार कारोबार रकम पनि घटेको छ । त्यसैगरी आज ६१ कम्पनिको सेयर मुल्य बढेको छ भने २०७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।