
सुनाखरी न्युज/ काठमाडौं ।
शुक्रबार नेपाल स्टक एक्सचेन्ज ( नेप्से) परिसूचकमा गिरावट आएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार ४ अर्ब ८९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब २९ करोड रूपैयाँको कारोबार भएको छ।
आज दिनभरिमा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच भएका छन्। आज कुल ४३ हजार ६८५ पटकको कारोबारमा ३५६ वटा स्क्रिप्सहरू समेटिएका छन्।
बजार घटेसंगै शुक्रबार कारोबार रकम पनि घटेको छ । त्यसैगरी आज ६१ कम्पनिको सेयर मुल्य बढेको छ भने २०७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।