
सुनाखरी न्युज/ काठमाडौं ।
देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा वर्षाको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा तथा देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । देशका तराई भूभागमा आंशिक बादल रही हुस्सु लाग्नेछ ।