२०८३ आश्विन १५ , बिहिवार

कांग्रेसको महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन

manish mishra11

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मनिष कुमार मिश्र सर्लाही निर्वाचन क्षेत्र नं .  ४ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्।

सर्लाही–४ बाट भएको क्षेत्रीय अधिवेशन प्रक्रियामा मिश्र महाधिवेशन प्रतिनिधिका रूपमा सर्वसम्मत चयन भएका हुन्। उनी नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा समेत रहेका छन्।

मिश्रको सर्वसम्मत चयनसँगै आगामी महाधिवेशनका लागि सर्लाही–४ बाट उनको प्रतिनिधित्व सुनिश्चित भएको छ।

पार्टीको संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका मिश्रलाई महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन गरिएको हो।