२०८३ आश्विन १५ , बिहिवार

रिज लाइन इनर्जीले १०.५२६३ प्रतिशत नगद लाभांश दिने

ridge-line-energy

सुनाखरी न्युज/ काठमाडौं ।

रिज लाइन इनर्जी लिमिटेडले शेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्नका लागि कम्पनीले कात्तिक १७ गते पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको निर्णयअनुसार आगामी कात्तिक १७ गते मंगलबार ललितपुर महानगरपालिका–१ स्थित कुपण्डोलमा रहेको कुपण्डोल ब्याङ्क्वेटमा साधारण सभा बस्ने छ ।

सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशतका दरले हुने १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। उक्त लाभांशमा करसमेत समावेश रहेको कम्पनीले जनाएको छ।त्यस्तै, दूधपोखरी चेपे हाइड्रोपावरको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा प्रदान गरिएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

सभाले १२.५०४ मेगावाट क्षमताको मैवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादनका लागि प्राप्त सर्वेक्षण अनुमति पत्र हस्तान्तरण वा बिक्री गर्ने सम्बन्धमा पनि निर्णय गर्नेछ।यसैगरी, सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव पनि साधारण सभामा छलफल तथा पारितका लागि पेस गरिने कम्पनीले जनाएको छ।